२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो


२७५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३२, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गुल्मीका धुर्कोट गाउँपालिका वडा नं ४ जैसीटोकका ३६ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या १९ पुगेको हो । 

    मन्त्रालयका अनुसार जेठ १२ गते ती पुरुषलाई कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा जेठ ३१ गते आइसोलेसनमा मृत्यु भएको थियो । उनी क्यान्सर रोगबाट ग्रस्त थिए ।

    हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक,बाँके,बारा, ललितपुर, अर्घाखाँची,दैलेख,बाजुरा, दोलखा,पाल्पा, सुर्खेत,कैलाली,डोल्पा, स्याङ्जा,चितवन,अर्घाखाँची,विरगञ्ज र पर्साबाट १/१ जनाको मृत्यु भएको हो । गुल्मीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार