२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

क्वारेन्टिनमा एकको मृत्यु


२४१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १, सोमबार मा प्रकाशित ४ साल अघि
  • १ असार, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका-७ स्थित क्वारेनटाइनमा बसेका एकजनाको मृत्यु भएको छ ।

    १३ दिनअघि भारतको गढवालबाट स्वदेश फर्किएका गुर्भाकोट नगरपालिका – ८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको मेयर हस्त पुनले जानकारी दिए ।

    सोमबार बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृत्यु भएको मेयर पुनले बताए । मृतकको स्वाब पीसीआर परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ ।मेयर पुनका अनुसार मृत्यु भएका ती व्यक्ति पहिलेदेखि नै क्षयरोगका बिरामी थिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार