२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

रेडक्रसले षड्यन्त्र गर्ने हो भने हामीलाई एम्बुलेन्स चाहिदैन- पालिका अध्यक्ष


३०६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १, सोमबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के मैनाली
    काभ्रे । काभ्रेको चौरीदेउराली गाउंपालिकामा रहेको प्रदेश ३ बा.२३च २१४७ नम्बरको एम्बुलेन्सले रक्सी ओसार पसार साथै नक्कलि बिरामी बोक्ने गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले नियन्त्रणमा लिएको छ ।

    एम्बुलेन्सले रक्सी ओसार पसार गर्ने गरेको स्थानीयले गुनासो गरेको आधारमा एम्बुलेन्सलाई नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले नियन्त्रणमा लिएर चालकलाई स्पष्टीकरण सोधेको जानकारी प्राप्त भएको छ । मदिरा बोक्ने अभियोग लागेको एम्बुलेन्सको ब्रेकफेल भएकाले मर्मत संभारको लागि ग्यारेजमा राखिएको छ ।

    एम्बुलेन्सले मदिरा बोकेको बिषयमा काभ्रेको चौरीदेउराली गाउँपालिका अध्यक्ष दिनानाथ गौतमसंग (प्रयास) सम्पर्क गर्दा रेडक्रस मार्फत पालिकालाई उपलब्ध गराएको एम्बुलेन्स संञ्चालन गर्ने कार्यमा रेडक्रसले हस्तक्षप गरेको बताउनु भयो । क्यानेडियन रेडक्रसको अनुदानमा नेपाल रेडक्रस ग्रामीण आपतकालीन तथा ट्रमा प्रणाली सुदृढीकरण परियोजना मार्फत पालिकालाई उपलब्ध गराएको एम्बुलेन्स संञ्चालन गर्ने दायित्व पालिकालाई हुनुपर्नेमा चौरीदेउराली गाउंपालिकामा रहेको रेडक्रस उपशाखा र नेपाल रेडक्रस काभ्रे शाखाले हस्तक्षप गर्न खोजेको पालिका अध्यक्ष गौतमले बताउनु भयो ।

    पालिका अध्यक्षले थप्नुभयो नेपाल रेडक्रसले एम्बुलेनस हस्तान्तरण गरे लगतै हस्तक्षेप सुरु गर्यो । सुरुमा चालकको बिषयलाई लिएर विवाद सुरु गरेको बताउनु भयो । पालिकाले संञ्चालन गर्नुपर्ने एम्बुलेन्सको लागि चालक रेडक्रसले पठाउंदा सहज नहुने भएकोले पालिकाकै तर्फबाट चालक राखीयो । चौरीदेउराली गाउंपालिकामा रहेको रेडक्रस सोसाईटि उप—शाखाका सभापति रविन गौतमले एम्बुलेन्स संचालक समितिको अध्यक्ष तथा खाता संञ्चालनमा समेत हस्तक्षप गर्न खोजियो तर सो सफल नहुंदा मदिरा बोकेको आरोप लगाउने कार्य भएको बताउनु भयो ।

    एम्बुलेनसको बे्रक फेल भएर बनाउन पठाउने क्रममा विग्रिएको एम्बुलेन्स पठाउदा चालक एक जनालाई मात्र पठाउंदा समस्या हुने हुंदा स्थानिय दुई जनालाई साथि पठाईयो । तर सो बिषयलाई यात्रु ओशार पसारको अरोप लगाईयो । मदिरा नबोकेको अवस्थामा निराधार ढंगको आरोप लगाएको हो । यस्तो अनावश्यक आरोप मात्र लगाउने हो भने हामीलाई प्राप्त भएको एम्बुलेन्स फिर्ता पठाउन पनि तयार रहेको अध्यक्ष गौतमले जानकारी गराउनु भयो ।

    एम्बुलेन्सले मदिरा ढुवानी गरेको बिषयमा चालक गणेश चौलागाईसंग सम्पर्क गर्दा चालक चौलागाईले भन्नुभयो “मैले जागीर खाएको रिसमा चौरी देउराली रेडक्रस उप—शाखाका सभापति रविन गौतमले सड्यन्त्र गरेको हो ।”गाउंपालिकाको साथै अस्पतालको निर्देशन अनुसार कार्य गर्दै आएको छु, निर्देशन बेगर केही कार्य गरेको छैन, रेडक्रस उप—शाखाका सभापतिसंग समन्वय नगरी गाउंपालिका तथा अस्पतालको निर्देशनमा कार्य गरेको रिसमा मेरो चरित्र हत्या गरेको हो । चालक चौलागाईले भन्नुभयो, निराधार कपोकल्पित आरोप लगाउने कार्य भएको छ, मलाई लगाईएको झुटो आरोप सावित भएमा जस्तो सुकै कारवाही भोग्न तयार हुने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार