काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका ६ जना कर्मचारीलाई घूससहित पक्राउ गरेको छ ।
मंगलबार अपरान्ह उनीहरु घुससहित पक्राउ परेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । उनीहरुबाट ८ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता कोइरालाले बताए ।
पक्राउ पर्नेहरुमा मालपोल अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा, र गोपाल खड्का खरिदार दीपक खनाल, नवराज घिमिरे, नारायप्रसाद पोखरेल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस