३ असार, नेपालगञ्ज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एकको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
कैलालीको लम्की चुहा नगरपालिका-२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । न्यूरोसम्बन्धी समस्याका कारण उनलाई आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । उनको सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो । र, बधुबार साढे ११ बजेतिर उनको निधन भयो ।
प्रतिक्रिया दिनुहोस