काठमाडौं – ओम्नी ग्रुपसँगको स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा. खेम कार्कीले अख्तियारको दुरुपयोग गरेको पाइएको छ । सार्वजनिक लेखा समितिले विभागीय प्रमुखले खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा. खेम कार्कीले सक्रिय भूमिका निर्वाह गरेको बताएको हो ।
समिति सदस्य प्रदीप यादवले ओम्नीसँग स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्यमन्त्री, मन्त्रीका सल्लाहकार, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको पनि संलग्नता रहेको बताए ।समिति सभापति भरतबहादुर शाहका अनुसार स्वास्थ्य सामग्री खरिद प्रकरणका सन्दर्भमा केही दिनमै छलफलका लागि समितिमा आवश्यकता हेरेर स्वास्थ्य मन्त्रीलाई समेत बोलाइने बताए ।
सार्वजनिक लेखा समितिको प्रारम्भिक प्रतिवेदनले स्वास्थ्य मन्त्रालयले बजेटको स्रोत यकिन नगरी तथा लागत अनुमान तयार नगरी सिधै प्रस्ताव माग गरेर खरिद प्रक्रिया अघि बढाएको देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस