२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

लेखा अधिकृत घुससहित अख्तियारको फन्दामा


७३०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १०, बुधबार मा प्रकाशित ४ साल अघि
  • अनिता मैनाली

    १० असार,  सर्लाही। सर्लाहीको हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ परेका छन् ।

    लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चार हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

    विज्ञान प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीका आधारमा बर्दिवासबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    घुस लिइसकेको अवस्थामा उनीहरुलाई कार्यालय भवनभित्रैबाट पक्राउ गरिएको र अनुसन्धान गरिरहेको कोइरालालले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार