२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

काभ्रेको एक होटलको शौचालयमा मजदुरको शव


४५९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ४ साल अघि
  • सुशील राज गिरी
    ११ असार, काभ्रे । पाँचखालमा नगरपालिका मा रहेको स्नो भ्यु माउन्टेन रिसोर्ट प्रा ली मा बुधबार एकजना मजदुर को रहस्यमय मृत्यु भएको छ ।

    काठमाडौं नैकाप घर भएका पैतिस बर्षीय निलकन्ठ थापा मगर लाइ बुधबार पाँचखाल नगरपालिका वडा नं ५ मा रहेको स्नो भ्यु माउन्टेन रिसोर्ट प्रा ली को शौचालएमा मृत अवस्थामा पाइएको जानकारी खावा प्रहरी ले दिएको छ ।

    मृत्यु भएका निलकण्ठ थापा मगर दम को बिमारी रहेको र केही दिन देखि धुलिखेल हस्पिटलमा उपचार गराईरहेको भएता पनी के कारणले मृत्यु भएको हो कारण खुल्न नसकेकाले कोरोना कोभिड १९ को संका समेत गरिएको छ ।

    मृतकको आफन्त कोहि नभएको र कोभिड १९ कोरोनाको कारण मृत्यु हुन सक्ने भन्दै स्थानीय र अन्य मजदुरले लास छुन र घटना भएको स्थान बाट बाहिर निकाल्न मानेका थिएनन् भने मृतकको कोेरोना परिक्षण हुनु पर्ने स्थानीय समाजसेवी राम बहादुर तामाङले बताउनुभयो ।

    होटल मर्मत र निर्माणको लागि करिब तीन महिना अघि देखि सोहि हेटलमा बस्दै आएका मजदुर लकडाउन अबधिभर होटलमै बसेका थिए । होटलमै बसेका ३ मजदुर मध्य बुधबार बिहान साथी नउठेपछि हेर्न जाँदा निलकन्ठ थापा मगर होटलको सौचालयमा मृत अवस्थामा फेला परेको बिनम कुवरले जानकारी दिए । मृतकको ै पोष्ट मार्टम तथा कोरोना परिक्षण को लागि पठाईएको काभ्रे प्रहरी ले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार