२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

अग्रपंङ्तीमा रहेर लडाई लड्नेलाई समाजसेवी बानीयाँको साथ


३१४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे । कोभिट १९ (कोरोना) को लडाईमा अग्रपंतिमा रहेर लड्नेहरुको हौसला तथा संरक्षणको लागि काभे्र पाँचखाल निवासि व्यवसायी एवं समाजसेवी उमेस वानियाले अभियान थाल्नुभएको छ ।
    उहाँले आफ्नो जन्मभूमी काभ्रे पाँचखाल नगरपालिकामा रहेका एम्बुलेन्स चालक तथा उनीहरुका परिवारको समेत हौसला प्रदान गर्नको लागि कोरोना विमाको व्यवस्था मिलाई दिनुभएको छ ।
    नगरका एम्बुलेन्स चालक सन्तोष सापकोटा, छावा सिंह तामाङ, बुद्धि बहादुर भुजेल, रमेश श्रेष्ठ र गोपि चन्द्र दनुवार समेतका स—परिवार (१७ जना) को विमा १ लाखसम्मको उपचार हुनेगरी बिमा गरिएको हो ।
    त्यसैगरी समाजसेवी बानियाँले महालक्ष्मी नगरपालिका ललितपुरको वडा नं ६ सिद्धीपुरका दुई एम्बुलेन्स चालक कुमार महर्जन र रबि महर्जनको सपरिवारलाई कोरोनाको बिमाको व्यस्था मिलाई दिनुभएको छ ।
    समाजसेवि बानियाले पाँचखाल नगरका एम्बुलेन्स चालक साथै चालकका परिवारको विमा कागजात नगरका मेयर महेश खरेललाई हस्तान्तरन गर्नुभएको थियो । त्यसैगरी महाँलक्ष्मी महालक्ष्मी नगरपालिकाको एम्बुलेन्स चालक तथा परिवारको विमा कागजात वडाका वडाध्यक्ष वासुदेव महर्जन र वडा सदस्य सुरेन्द्र अमात्यलाई हस्तान्तरण गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार