२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या २५ पुग्यो


२२५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ४ साल अघि
  • ११ असार, कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।

    उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । डा. आचार्यका अनुसार उनी डायबिटिजबाटसमेत पीडित थिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार