२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

थोरै जमिन हुने कृषकलाई अवसरको ओईरो, (कृषकको हितको लागि बनेको नीति सहित)


३४५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । कृषि नगररिको रुपबाट अगाडी बढेको पाँचखाल नगरपालिकाले साना कृषकहरुलाई बिभिन्न अवसरहरु प्रदान गर्ने भएको छ । कृषि तथा पशुपंक्षिको माध्यमबाट कृषहरुको जिवनस्तर उकास्नको लागि नगरको सातौ नगरसभाबाट उक्त नीति सार्वजनिक गरेको छ ।

    नगरसभा सम्पन्न पश्चात नगरका मेयर महेश खरेलसंगको भेटमा उहाँले भन्नुभयो—पाँचखाल नगरमा बसोवास गर्ने कृषकहरुलाई बिदेशी भूमिमा गएर पसिना चुहाउने कार्यलाई रोक्छौ । आर्थिक उपार्जनको लागि अवका दिनमा पाँचखालका वासिन्दा अन्यत्र जाने होईन अन्यत्रबाट रोजगारीको लागि पाँचखाल आउने वातावरण बनाउने तयारी भएको मेयर खरेलले बताउनु भयो ।
    कृषकहरुलाई सुविधै सुबिधा प्रदान गर्न लागेको बिषयमा पाँचखाल नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत लोकवहादुर भण्डारीसंग सम्पर्क गर्दा उहाँले भन्नुभयो—पाँचखाल नगरमा कृषि तथा पशुपंक्षीको लागि अत्यन्त संभावना रहेको नगर भएकोले सोही ढैगले अगाडी बढ्न उचित हुन्छ । जहाँ जुन बिषयको संभावना छ, त्यहाँ सोही ढंगले अगाडी बढ्नु पर्ने भएकोले कृषकहरुलाई सुबिधा दिने लक्ष लिएको प्रमुख प्रसाशकिय अधिकृत भंण्डारीले बताउनु भयो । उहाँले थप्नुभयो—ताजा तरकारी, फलफुल, पशुपंक्षीको समेतको लागि अत्यन्त राम्रो वातावरण पाँचखालमा रहेकोले पाँचखाललाई मुलुककै नमुना नगरको रुपमा परिचित गराउने लक्ष रहेको छ ।

    कृषकको हितको लागि नगरसभामा प्रस्तुत भएको नीति यस्तो छ

    १. समग्र कृषि क्षेत्रलाई सम्मानजनक, मर्यादित आकर्षक पेशाको रुपमा विकास गरी प्रतिस्पर्धात्मक वनाउनआवश्यक पहलकदमी लिनुका साथै सहयोगी कार्यक्रमहरुमा जोड दिने । साथै कृषिको व्यवसायीकरणतथा विविधिकरणमा जोडदिई आय आर्जन तथा रोजगारका थप अवसरहरू सृजना गरिनेछन् ।
    २. कृषि भुमिलाई गैर कृषि प्रयोगमा ल्याउन निरुत्साहित गरिने छ ।
    ३. कृषि उत्पादन बढाउन ग्रामिण विद्युतिकरणलाई बढावा दिईने छ।
    ४. कम तौल, वढि मुल्य र छोटो समयमा उत्पादन हुने कषि वस्तुलाई प्राथमिकता दिइनेछ ।
    ५. कृषिवस्तुको पकेट विकासमा विशेष प्राथमिकता दिइनेछ ।
    ६. कृषि उत्पादकत्व बृद्धि गर्न सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था गरिने छ ।
    ७. कृषि उत्पादकत्व बृद्धि गर्नका लागि संघीय, प्रदेश र अन्य स्थानीय सरकारसंग समवन्य र सहकार्यगरी८ ठुला परियोजना सञ्चालन गर्ने ।
    ८. कृषि उत्पादन तथा व्यवसाय प्रवर्द्धनमा आवश्यक कृषि ऋण प्रवाहलाई उत्पादन तथा व्यवसायकोप्रतिफलसँग आबद्ध गरी सुनिश्चित गरिनेछ ।
    ९. अतिवृष्टि, अनावृष्टि, रोग, कीरा एवं अन्य दैवी प्रकोपहरूको आंकलन र कृषि राहत परिचालनकालागि सर्भे सर्भिलेन्स प्रणाली स्थापित गरी क्रियाशील राखिनेछ ।
    १०. पाँच रोपनी भन्दा कम जमीन हुने कम स्रोत साधन भएका कृषकहरूको पहिचान र वर्गीकरणगरी तोकिएका सुविधाहरू उपलब्ध गराइनेछ ।
    ११. भूमि बैंकको स्थापना गरी स्थानीय निकायको सहभागितामा कृषि कार्यका लागि जग्गाकिन्ने बेच्नेहरुलाई खेतियोग्य जग्गाको उपलब्धताबारे सूचना सेवा र आवश्यक पर्नेहरुका लागि ऋण सुविधा उपलब्ध गराइनेछ। किसानको पहिचान स्थापित गरिने छ ।
    १२. उच्च मुल्य वस्तु तथा सम्भावना बोकेका कृषि वस्तुहरुको पहिचान गरी तुलनात्मक लाभ लागतकाआधारमा क्षेत्र विस्तार एवं व्यवसायीकरण मार्फत आत्मनिर्भरता तर्फ उन्मख गराउने ।
    १३. स्थानिय वातावरण हावापानी लगायत जलवायु परिवर्तन र प्राकृतिक प्रकोपसंग घुलमिल हुनसक्ने तथा त्यसबाट पर्न सक्ने सम्भाव्य असर न्युनिकरण गर्न सक्ने प्रविधि एवं क्षमताको विकास गरिने छ ।
    १४. कृषि उत्पादनलाई स्तरिकरण र वर्गीकरण गरी बजारीकरण गरिने छ ।
    १५. कृषकको आवश्यकता पहिचान गरी क्षमता अभिबृद्धिका योजनाहरु निर्माण गरिनेछ ।
    १६. स्थानीय रैथाने कृषि विउको पहिचान गरी संरक्षण र प्रवर्द्धन गर्नका लागि विशेष कार्यक्रमसञ्चालन गरिने छ।
    १७. विषादी न्युनिकरण नीति निर्माण गरि कार्यान्वयन गरिने छ ।
    १८. पशुबीमाको विस्तार गरिनुका साथैछानिएका बालीको बीउ र बढी मोल जाने कृषिवस्तुहरूको क्रमिक रूपमा बीमा गरिनेछ ।
    १९. प्राङ्गारिक खेतीलार्ड प्रोत्साहन गरिनेछ । प्राङ्गारिक खेती गरी कृषिवस्तु निकासी गर्ने उत्पादन क्षेत्रमा उत्पादित कृषि वस्तुहरूको गुणस्तर प्रमाणीकरणको लागि टेवापुन्याइनेछ।
    २०. शिक्षित बेरोजगार युवाहरूलाई कृषि पेसामा आकृष्ट गर्न कृषि व्यवसाय स्थापना तथा सञ्चालनतालीमको व्यवस्था गरिनेछ ।
    २१. सहकारीमा आधारित कृषि उद्योग एवं व्यवसायको प्रवर्द्धनमा प्राथमिकता दिइनेछ ।
    २२. बजार सूचना प्रणालीको विकास, विस्तार र प्रवाह गर्ने कार्य निजी एवं सहकारी क्षेत्र तथास्थानीय निकायहरूसँग साझेदारीमा समेत सञ्चालन गरिनेछ।
    २३. खाद्य सम्प्रभुतता र सुरक्षा कृषिको उत्पादकत्व बढाउन तथा जमिनको खण्डीकरण हुनबाट रोक्न भू उपयोग ऐन नीति तथा योजना बनाई लागु गरिनेछ ।
    २४. कुन माटोमा के खेति हुन्छ भन्ने एकिन गर्न अनिवार्य माटो परीक्षणको व्यवस्था मिलाईने छ । गत बर्षदेखि ल्याबनै सञ्चालन गरेर माटो परीक्षण गरेका छौं । १ लाख किलो चुन वितरण गरी माटोको अम्लिय पनालाई कम गराउने काम भएको छ । यस बर्ष पनि त्यसलाई निरन्तरता दिईने छ ।
    २५. कृषकहरुसँग प्रत्यक्ष जोडिई उहाँहरुको समस्या पहिचान गरी समाधानको लागि यस बर्ष देखि ‘कृषकसँग मेयर’ कार्यक्रम सञ्चालन गरिनेछ ।
    २६. पाँचखालको तरकारीलाई सेमि अर्गानिक हुँदै अर्गानिक बनाउँदै लैजाने कार्यमा नगरपालिका लाग्नेछ ।
    २७. कृषिलाई आधुनिकीकरण सँग जोड्न गत बर्षदेखि हाते ट्याक्टर बितरण शुरु भएको छ । त्यसलाई यो बर्ष पनि निरन्तरता दिईने छ ।
    २८. हरेक उत्पादनलाई आम्दानी सँग जोड्ने नीति ल्याईने छ ।
    २९. एक वडा एक कृषि प्राविधिकको व्यवस्था गरिनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार