२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

काभ्रेमा हतियार सहित आएका टोलिले ९० लाख लुटपात


२६४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे/ हतियारसहित आएको एउटा समूहले रोशी गाउँपालिका–५ मा ९० लाख रुपैयाँ बराबरको बोधिचित्तको दाना लुटेको छ । अत्याधुनिक हतियारसहित आएको ३० जनाको समूहले वीरबहादुर तामाङको बारीमा रहेको रुखको बोधिचित्त लुटेको हो ।

    वीरबहादुरले स्थानीय व्यापारीलाई ९० लाख रुपैयाँमा उक्त दाना बिक्री गरेका थिए । सुरक्षाका लागि कुरेर बसेका ५ जनालाई लुटेरा समूहले आक्रमण गरी घाइते बनाएका छन् । प्रहरीका अनुसार लुटेराहरु बोधिचित्तसहित भाग्न सफल भएका छन् । डीएसपी कुमार विक्रम थापाको कमाण्डमा रहेको टोलीले उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बिहीबार राति साढे १० बजे एसएमजी बन्दुक २ थान, पेस्तोल २ थान, कटुवा बन्दुक १० थान, खुकुरी र सकेट बमसहित आएका उनीहरुले बाटोमा खतरा लेखेर यातायातका साधन चल्न दिएका थिएनन् । उनीहरुले वीरबहादुर र दिलबहादुर तामाङको घरको ढोका फोरी निगरानीको लागि राखिएको सीसीटीभी क्यामेरा तोडेका थिए । लगत्तै उनीहरुले बोटमा रहेको बोधिचित्त लुटेका हुन् ।

    उनीहरुको आक्रमणबाट तेमाल– ६का ३८ वर्षीय श्याम तामाङ, रोशी–६ का ३० वर्षीय जितबहादुर तामाङ, सोही वडाका २४ शेखर लामा र ४० वर्षीय जितबादुर तामाङ घाइते छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । रोशी–५ का २० वर्षीय वाङडुक लामा सम्पर्कविहीन छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार