२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

विद्युत बितरण केन्द्रका गतिबिधीमा नागरिकको चासो


५१७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • बनेपा/ ग्राहकले तोकेको दिनभन्दा एकदिन मात्र ढिला भए चर्को जरिवानाको भागिदारी हुनु पर्छ । सोझासिधा ग्राहकहरुकालागी यो विद्युत प्राधिकरणको नियम मानिन्छ ।

    पहुचवालाकालागी कागजको खेस्रो बराबर हो । यो बिभेदलाइ नेपाली जनताले सहजै लिएका छन्न । जे भने पनि प्राधिकरणका प्रत्येक क्रियाकलापमा नेपालिको पसिना जोडिएको तथ्य कसैले लुकाएर लुक्दैन । यो अवस्थामा विद्युत प्राधिकरणमा हुने राम्रा नराम्रो जुनसुकै क्रियाकलापमा नागरिकले चासो राख्नु न्याय संगत मानिन्छ ।

    नागरिकको भनाइलाई लिने हो भने विद्युत प्राधिकरण को रुप आवरण जस्तो शुद्ध छैन अनियमितता चरम उत्कर्समा छ । तर के गर्नु बलियो प्रमाण छैन । बिल भौचर मिलाए पुग्यो । यसकै प्रतिनिधिमुलक पात्रको रुपमा स्तरउन्नतिका नाउँमा आएको अफिस प्राङ्गणमा हुनलागेको ढलान र पर्खाललाइ लिन सकिन्छ भन्नू हुन्छ बौद्धिक ब्याक्तित्व दामोदर गौतम । तर गौतमको भनाइसङ्ग सहमत छैनन नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रका प्रमुख इ.रन्जन कुमार गुरुङ्ग = बाहिरी हल्ला जस्तो छदैछैन कार्यालमा त्यस्तो गतिविधि कुनै पनि काम सबैको सहमति गरिन्छ । यो पर्खाल लगाउने काम पनि टेड्युनियण्का प्रतिनिधि देखि सामाजिक भद्रभलादमी र जनप्रतिनिधिको रोहबरमा भएको हो ।

    सवाल ढलानको रहयो इ. टेन्डरबाट बिजि कन्टर्कसनले प्रतिस्पर्धा पाएको हो । सम्झौता भन्दा बाहिर गएर केही हुनै सक्दैन । अब दब्दबे हिलोमै ढलान गर्न लागो भनिएको छ । हुनैसक्दैन । नागरिकले खबरदारी गर्नु स्वभाविक नै हो । कार्यालय प्रमुखको नाताले कुनै कमि हुन दिने छैन भन्छन् कार्यालय प्रमुख गुरुङ्ग । कार्यालय प्रमुखको अभिव्यक्तिमा बिश्वनियता नभएको तर्क गर्नु हुन्छ दामोदर गौतम । उहाँ थप्नु हुन्छ हाकिमको भर पर्यो भने आफुले आफुमाथी अन्याय गरेको ठहरिने छ भन्नू हुँदै गौतम थप्नुहुन्छ – जसले जे भने नि यहाँ चलखेल हुदैछ ।

    नत्र दब्दबेहिलोमा ढलान गर्न तयार हुन्छन्न ? अन्धोले पनि प्रश्न गर्ने अवस्था शिर्जना भएको वहाँको जिकिर छ ।यस्तो अवस्थामा चुप्चाप लाग्नुको रहस्य यहाँ ठुलै चलखेल छ । यहाँ ब्यक्तिमात्र होइन संस्था माथी नै शंका उब्जिएको छ । त्यसैले तत्काल सरोकारवाला निकायले खबरदारी गर्नुको बिकल्प नरहेको गौतमको दाबि छ । गौतम कै बोलिलाइ लोलिमिलाउदै हो मा हो हाकिमको गराइ र भनाइमा ठूलो अन्तर रहेको कर्मचारीको गुनासो रहेको पाइयो । हामी त टुलुटुलु हेर्नुको बिकल्प छैन जे भएको छ तपाई कै अगाडि भएको छ के सोध्नु हुन्छ हामिलाइ भन्दै प्रतिप्रश्न गर्छन्न कर्मचारी । हामिसङ्ग केही जवाफ को अपेक्षा नराख्दा राम्रो भन्छन् कर्मचारी । यता स्थानीयको तर्क छ हामिले हाम्रो रक्ष्यान काटेर दिएका हौ प्राधिकरणलाई कसैले दाबी गर्दैमा दिने हो भने हाम्रो पनि फिर्ता गर्नु पर्छ ? यसैगरी जाने हो भने प्राधिकरणको अस्तित्व समाप्त हुने स्थानीय युवा रघुनाथ सुवालको छ ।

    यहि संवादका बीच कर्मचारी हुनु पर्छ कार्यलय प्रमुखको अभिव्यक्तिका बारेमा चर्को आलोचना राख्दै कुलमानको नामबेचेर अनियमित गर्ने छुट कसैलाई नभएको भन्दै कड्किदै हिलोमाथी ढलान गर्ने ,संस्था को सम्पत्ति ब्यक्ति लाई दिनुको पछाडी केहि न केही छ भन्दै पड्किए । तर उहाँले आप्नु परिचय दिन भने अस्विकार गरें । यदि त्यस्तो हो भने खबरदारी हुनु पर्ने सरोकारवालाको राय छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार