२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

क्वारेन्टाईनमा खाना बनाउने भान्छेको मृत्यु


३७३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १३, शनिबार मा प्रकाशित ४ साल अघि
  • १३ असार, धनगढी । बैतडीको क्वारेन्टिनमा रहेकाहरुलाई खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका-४ स्थित जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा रहेकाहरुलाई खाना पकाउने स्थानीय ५० वषर्ीय पुरुषको मृत्यु भएको हो ।

    शुक्रबार राति घरमै बिरामी भएका उनको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘हाम्रो टोली घटनास्थलमा पुगेको छ’ उनले भने, ‘घटनाबारे हामी अनुसन्धानमा छौँ ।’

    मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘रिर्पाेट आएपछि शवको व्यवस्थापन हुन्छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार