२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

महाँलक्ष्मीको विमा सम्बन्धि अन्तरक्रिया, विमा जिवनको लागि अपरिहार्य हो -सापकोटा


२७९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १४, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे। काभ्रेको बनेपामा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखामा बिमा के हो ? किन र कसरी गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    बिमा कुन कुन प्रकृतिको हुन्छ ? विमा गर्दाको फाईदा के—कस्ता हुन्छन साथै कति ठाउंमा विमा गर्न सकिन्छ भन्ने बिषयमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि गायककार मच्छेश्वर सापकोटाले बीमा भने कुरा समयमै गर्नु पर्ने बताउनु भयो । समयमै बिमा गर्दा धेरै फाईदा हुने भएकोले त्यस्तो मौकालाई चुकाउन नहुने बताउनु भयो । उहाँले थप्नुभयो बीमा जिवनको लागि अपरिहार्य भएकोले समयमै गर्न उपयुक्त हुने बताउनु भयो । उमेर सकिए पछि चाहेर पनि बीमा गर्न नसकिने भएकोले समयको सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा महाँलक्ष्मी इन्स्योरेन्स बनेपा शाखा प्रमुख पुष्पा खड्काले भन्नुभयो—बीमित र अभिकर्ता लाई कुनैपनि समस्या आएमा साथ सहयोग गर्छौ । काभ्रेमा शाखा खोल्नाको प्रमुख उद्देश्य काभ्रे र आसपासको स्थानमा बसोवास गर्नेहरुको सुनौलो भविस्य निर्माणको लागि भएको बताउनु भयो । भोलिको दिनमा कुनै पनि समस्या आइपरेमा सो समस्याको सही समाधानको लागि आफु तयार रहेको बताउनु भयो ।

    त्यसैगरी सिनियर यजेन्सि (म्यानेजर) दानराज चौलागाईले बीमा अभिकर्ताले पछिल्लो समयमा समन्धित कार्यालय भन्दा बाहिर बीमाको कारोबार गरी बीमित व्यक्तिलाई बीमा गराईएको पाईएको बताउंदै यस्तो कार्य गर्न नहुने बताउनु भयो । यस्तो ककार्यले बीमित परिवारमा कुनै घटना घट्यो भने बीमित व्यक्तिले समन्धित कार्यालय सम्म पुग्न कठिनाई हुने भएको सम्बन्धित कार्यालयमा गई बीमा गर्नु पर्ने बताउनु भयो ।

    पृथ्वी भुजेल द्वारा संञ्चालन भएको उक्त कार्यक्रममा नवराज फुयाँल, सुनिता दाहाल लगाएतले आ—आफ्नो धारण राख्नु भएको थियो कार्यक्रममा २५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार