२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

क्वारेन्टाईनबाट ७० जनाले टाप कसे, खोजिकार्य सुरु


३८९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • १८ असार, सुर्खेत । क्वारेन्टिनमा बसेको एक महिना बित्दा पनि आरटी-पीसीआर रिर्पोट नआएपछि सल्यानका ७० जना क्वारेन्टिनबाट भागेका छन् । बनगाड कुपिण्डे नगरपालिका-३, को आधारभूत विद्यालय लहाघाटबाट बिहीबार ७० जना भागेर घर गएका हुन् ।

    क्वारेन्टिनमा बसेका ७३ जनामध्ये ७० जना एक महिना बित्दा पनि पीसीआर रिर्पोट नआएको भन्दै भागेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलले बताए । ‘पीसीआर रिर्पोट आउन अलि ढिला भएकै हो । परीक्षणका लागि सुर्खेत पठाएका थियौं तर सुर्खेतको मेसिन बिग्रिएपछि बाहिर जिल्ला पठाएका छौं,’ उनले भने,’अबको एक/दुईदिनमा रिपोर्ट आउँछ ।

    यसअघि पनि क्वारेन्टिनमा बसेकाहरूले पटक-पटक आन्दोलन गर्दै आएको उनको भनाइ छ । ‘उनीहरू पहिलेदेखि नै अलि उग्र थिए, पहिला पनि पटक-पटक आन्दोलन गर्दै आएका थिए, आज त प्रहरीलाई नै ढुंगामुढा गरेर भागे,’ प्रमुख पोखरेलले भने ।

    भागेकामध्ये तीनजना आरडीटी पोजेटिभ आएका पनि छन् । भारतबाट उनीहरू जेठ १९ गतेदेखि सोही क्वारेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडीटी गर्दा तीनजनामा पोजेटिभ देखिएको थियो । सँगै बसेका तीनजनमा आरडीटी पोजेटिभ देखिएपछि सबैको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पठाइएको प्रमुख पोखरेलले बताए ।क्वारेन्टिनबाट भागेकाहरूको खोजी भइरहेको नगरपालिकाका मेयर गोविन्द पुनले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार