गोरखा — गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान ५ बजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।
ती पुरुषलाई शुक्रबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार राति नै उनलाई गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । ‘हिजो राति १० बजेतिर गोरखा अस्पतालमा भर्ना गरिएको थियो।
प्रतिक्रिया दिनुहोस