२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

घरेलु हतियार प्रहार गरी हत्या


३८६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ४ साल अघि
  • २१ असार, कैलाली । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ ।

    जिल्लाको पुनर्वास नगरपालिका–५ मा शनिबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या भएका हो ।

    जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ । थापाले भने, ‘घटनामा संलग्न देखिएका गौरव खड्का फरार छन्, खोजी भइरहेको छ ।’ सामान्य विवादमा कुँवरको हत्या भएको स्थानीय बताउँछन् । प्रहरीले भने विस्तृत अनुसन्धान गरिरहेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु