२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

थपियोे काभ्रेमा चिस्यान केन्द्र


२३०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २४, बुधबार मा प्रकाशित ४ साल अघि
  • २४ असार २०७७
    रोशी । काभ्रेको रोशी गाउँपालिका वडा नं. ६, सिपालीमा दूध संकलन तथा चिस्यान केन्द्र सञ्चालनमा आउने भएको छ । रोशी गाउँपालिका र शान्ति जन आदर्श सेवा केन्द्रको आर्थिक सहयोगमा उक्त केन्द्र सञ्चालनमा आउन लागेको हो ।

    दूध संकलन तथा चिस्यान केन्द्र सञ्चालनको लागि मंगलबार त्रिपक्षिय संझौता समेत भएको छ । गाउँपालिकाको कार्यालयमा भएको संझौतमा गाउँपालिकाको तर्फबाट अध्यक्ष डीबी लामा, घट्टेखोला दूध संकलन तथा चिस्यान केन्द्रको तर्फबाट अध्यक्ष रिम बहादुर तामाङ र शान्ति जन आदर्श सेवा केन्द्रको तर्फबाट अध्यक्ष शंखबुद्ध लामाले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाका अनुसार उक्त केन्द्र सञ्चालनका लागि रोशी गाउँपालिकाबाट ९ लाख ३६ हजार २ सय ७ रुपैयाँ र शान्ति जन आदर्श सेवा केन्द्र मार्फत युएनडीपी परियोजना बाट ७ लाख १६ हजार ५ सय ६५ रुपैयाँ तथा उपभोक्ताबाट १ लाख ८३ हजार ४१ गरि कुल लागत रु १८ लाख ३६ हजार ४ सय १३ रुपैया लगानी हुने छ ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष ईश्वरी ओझा, सचिव राजेन्द्र अधिकारी लगायतका उपस्थिति रहेका थिए । रोशी सिपाली क्षेत्र दूध उत्पादनको लागि निक्कै महत्वपूर्ण क्षेत्रको रुपमा लिंदै आएको छ । यहाँको अधिकांश किसानहरु भैंसीपालन गर्दछन् ।

    दूध संकलन तथा चिस्यान केन्द्र गाउँमै स्थापना भएपछि त्यस क्षेत्रमा उत्पादित दूध संकलन र विक्रिको लागि सहज हुने किसानहरुको प्रतिक्रिया छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार