२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

कृषि नगरको बोड राख्नुको औचित्य छैन-दुलाल, फौजि किराले मकैबाली ध्वस्त


३६७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । कृषि नगरको रुपमा अगाडी बढेको पाँचखालका कृषकहरु समस्यामा परेका छन् । नगरले कृषिको लागि प्राथमिकता नदिदा कृषकहरु समस्यामा परेका हुन् ।

    २०७१ असार ३१ गते नगरको पहिलो नगररिषदले पाँचखाल नगरलाई कृषि नगरको रुपमा अगाडी बढाउने निर्णय गरेको थियो । पाँचखालको पहिचान कृषिको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित गराउने ढंगको नीति नियमले पाँचखालका कृषकहरु निकै हर्सित थिए ।

    नगरको दोस्रो तेस्रो नगररिषदले समेत कृषिलाई प्राथमिकता दिदै आएपनि पछिल्लो समयमा आएर कृषि ओझेलमा पर्दा कृषकहरु निरास भएका छन् । नगरपालिकाले बजेट विनियोजन गर्दा कृषि, स्वास्थ्य, शिक्षामा कम प्रथमिकता दिदा कृषकहरु समस्यामा परेका हुन् । विगत बर्षहरुमा पाँचखालमा सडक तथा डिप वोरिङ्गमा प्राथमिकता दिदै बजेट विनियोजन गर्दा कृषि, पशु, स्वास्थ्य र शिक्षा ओझेलमा परेको हो ।

    पाँचखालमा फौजि किराले मकै वालि नष्ट गरेको छ, जसका कारण पाखो बारी मात्रै हुने कृषकहको घरमा अन्न भित्रने संभावना कम हुंदै गएको छ । मकै वालिको लागि अति आवश्यक रासायनिक मल (युरीया) अभाव हुनु साथै फौजि किराले बालि नष्ट गर्दा कृषकहरु मारमा परेका छन् । काभ्रेमा रहेका अन्य स्थानिय तहहरुले कृषकहरुको समस्यालाई मध्य नजर गर्दै फौजि किरा नियन्त्रणको लागि कृषकको घरघरमा, खेतबारिमा प्राविधिक सहितको टोलि पुगी मकै बालिमा लागेको किरा नष्ट गर्नको लागि निःशुल्क रुपमा बिषादी उपलब्ध गराएको थियो । जसका कारण कृषकहरु किराको प्रकोपबाट जोगिएका छन् ।

    कृषि नगरको रुपमा रहेको पाँचखाल नगरले भने मकै वालि क्षतिको बिषयमा कुनै चासो दिएको छैन । विगत लामो समयदेखि पाँचखाल र आसपासको क्षेत्रको हितको खातिर कार्य गर्दै आएको लवग्रीन नेपाल नामक संथाले फौजि किरा नियन्त्रणको लागि ठुलै भूमिका खेलेको थियो । जसको कारण केही हतमा किरा नियन्त्रण भएको थियो । किराको प्रकोपको बिषयमा समाजसेवि एवं अगुवा कृषक हरि प्रसाद दुलालसंग सम्पर्क गर्दा उहाँले भन्नुभयो—नगरमा राखिएको “कृषि शहर पाँचखाल नगर”भन्ने बोड फाले हुन्छ । त्यसको बदलामा अन्य कुनै नाम राख्दा फरक पर्दैन । दुलालले थप्नुभयो म जस्तो सामान्य कृषकले पनि फौजि किरा नियन्त्रणको लागि १ हजार ८ सयको बिषदी प्रयोग गरिसके तर पनि पुर्ण रुपमा नियन्त्रण भएको छैन, मकै सखाप पारेको छ ।

    नगरको बिभिन्न स्थानमा मकै वालि सखाप भएको छ, पाखो बारी मात्रै हुने ति गरिब कृषकले किरा नियन्त्रणको लागि बिषादी राख्न पाएका छैनन्, बालि सखाप भैसक्यो अन्य पालिकाहरुमा निःशुल्क रुपमा बिषादी उपलब्ध गराएर किरा नियन्त्रण गरेको छ तर पाँचखालमा वास्तै छैन ! यस्तो अवस्थामा कृषि नगरीको बोड राख्नुको कुनै औचित्य नभएको दुलालले बताउनु भयो । भत्काउने, ग्रावेल छर्ने लगाएतका कार्यलाई प्राथमिकता दिएर बजेट विनियोजन गरीन्छ, तर कृषि र कृषकको हितमा बजेट विनियोजन गरिन्न भने किन कृषि शहर ?

    २०७१ साल असार ३१ तगे सम्पन्न पाँचखाल नगरको पहिलो नगरपरिषदमा कार्यकारी अधिकृत अग्नि प्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको बजेटमा कृषिलाई प्राथमिकता दिईएको थियो । जुन समयमा नगरको कुल बजेट ४ करोड ६४ लाख ५२ हजार रहेको थियो । त्यति थोरै बजेट रहंदापनि सो समयमा कृषिमा सिंचाईमा १५ लाख, कृषि सडकमा ५१ लाख ३५ हजार, कृषि बिकास कार्यक्रममा १७ लाख बजेट व्यवस्था भएको थियो । त्यसैगरी कृषिलाई प्राथमिकता दिंदै तामाघाट, धोत्रा हुदै डाँफे कृषि सडक कालोपत्रेको लागि राष्ट्रिय योजना आयोगमा सिफारीस गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार