२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

काभ्रेमा थप तीनमा कोरोना पुष्टि


२३४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे। काभ्रे जिल्लाका थप तीन जनामा कोरोना पुष्टि भएको छ । बनेपा नगरपालिका १३ भैँसेपाटी, पनौती नगरपालिका वडा नम्वर २ कुशादेवी र वडा नम्वर ९ सुन्थानमा रहेका ब्यक्तिहरुमा कोरोना सङक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए ।

    उनका अनुसार बनेपा भैँसेपाटीका युवा र पनौती कुशादेवीमा भेटिएकी सङक्रमित महिला विदेशबाट आएका होइनन, भने पनौती सुन्थानका सङक्रमित युवा १५ दिन अघि कोरियाबाट फर्किएका थिए । उनले कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ भएको कागजपत्र बोकेर घरमा बसेका थिए । १५ दिनपछि उनी इपिएस फाराम भर्न काठमाडौं जाने क्रममा पुन परिक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

    त्यस्तै बनेपाका युवा काठमाडौं बस्न गएपछि क्वारेन्टाइनमा राख्न भनिएको भएपनि उनले आफूलाई कोरोना नरहेको भन्दै बस्न अस्वीकार गरेपछि पीसीआर परीक्षण गरिएको थियो । उनमा पनि रिपोर्ट पोजेटिभ आएको थियो । पनौती नगरपालिका वडा नम्वर २ कुशादेवी घर भएकी महिला पनि एक साता अगाडि सर्पले टोकेपछि उपचारका लागि बनेपाको शिरमेमोरियल अस्पताल गएकी थिइन तर सर्पले टोकेको औषधि पाटन अस्पतालमा मात्र रहेकाले उनलाई पाटन रिफर गरिएको थियो । पाटन अस्पतालले महिलालाई सर्पले टोकेको उपचारसँगै कोरोना संक्रमण परिक्षण गरेको थियो ।

    उपचार पस्चात घर फर्किएकी उनको शुक्रबार कोरोना पोजेटिभ भएको जानकारी भयो । यस अघि पनौती नगरपालिकामा एक महिलालाई कोरोना देखिएको थियो । उनलाई कहाँबाट संक्रमण भयो अहिलेसम्म पत्ता लागेको छैन । उनको सम्पर्कमा आएका ब्यक्तिहरुको परिक्षण गर्दा समेत कोरोना कोबाट संक्रमण भएको हो पत्ता लागेन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार