२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

काभ्रे पनौतिको दुई वडामा शिल गरियो (विज्ञप्ति सहित)


३०२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे । पनौती नगरको दुई वटा वडामा कोरोना रोग देखा परेपछि नगरपालिकाले उक्त वडाहरुमा शिल गरी आवश्यक प्रक्रिया अगाडी बढाएको छ ।

    नगरपालिकाको वडा नं २ कुशादेविकी ४७ बर्षिय महिला र वडा नं ९ सुन्थानका २६ बर्षिय पुरुषमा कोरोना भाईरस पोजेटिभ देखिएकोले संक्रमणबाट जोगाउनको लागि नगरपालिकाले शिल गरेको जानकारी प्राप्त भएको छ ।

    शिग गरिएका स्थानका स्थानियहरुलाई कन्ट्रयाक ट्रेसिङ सहितको परिक्षण कार्य नसकिएसम्मको लागि कुनैपनि प्रकारको भेटघाट तथा अति आवश्यक सामाग्री ओसार पसार नगर्न समेत नगरपालिकाले सुचना मार्फत जानकारी गराएको छ ।

    पछिल्लो संक्रमितको अवस्थाले गर्दा संक्रमण समुदाय स्तरमा पुग्ने प्रवल संभावना रहेकोले शिल गरिएका सम्पुर्ण क्षेत्रका स्थानियहरु आ—आफ्नै घरमा सेल्फ क्वारेन्टाईनमा बस्न समेत नगरले अनुरोध गरेको छ । त्यसैगरी अत्यावश्यक कार्य भई बाहिर निस्कनु परेमा सम्बन्धित वडाका वडा अध्यक्ष, स्वास्थ्यकर्मी,सुरक्षा निकायसंग समन्यय गर्न समेत बरिष्ट प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी द्वारा हस्ताक्षरित जारी सुचनामा उल्लेख भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार