२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

पाँचखालमा विदेशबाट आएका ८ जना सेल्फ क्वारेन्टाइनमा, सामान्य लक्षण देखा परे पिसिआर गर्छौ- डा. दत्त


२४१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २९, सोमबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिका वडा नं १० आचार्य गाउंमा भारतको गोहाबाट आएका ५ जना र जापानबाट आएका १ जना गरी ६ जना अत्यन्त सुरक्षीत ढंगबाट आफ्नै घरमा सेल्फ क्वारेन्टाईनमा बस्नु भएको छ ।

    काम बिशेष विदेशमा बस्दै आउनु भएका उहाँहरुको आफ्नै घरमा अभिभावकको मृत्यु भएपछि नेपाल आउनु भएको थियो । नेपाल आउने क्रममा पाँचखाल नगरपालिका कार्यालय, पाँचखाल स्वास्थ्य शाखालाई समेत जानकारी गराई प्रकृयागत ढंगबाट स्वदेश आई अत्यन्त सुरक्षीत ढंगबाट गाउंमा रहेको छुट्टै घरमा सेल्फ क्वारेन्टाईनमा बस्दै आउनु भएको छ ।

    त्यसैगरी पाँचखाल वडा नं ३ मा भारतबाट आउनु भएका १ जन र पाँचखाल वडा नं १ मा जापानबाट आउनु भएका १ जना समेत गरी ८ जना सुरक्षीत तरिकाबाट आफ्नै घरमा सेल्फ क्वारेन्टाईनमा बस्दै आउनु भएको पाँचखाल नगर स्वास्थ्य शाखाका प्रमुख उज्ज्वल अधिकारीले जानकारी गराउनु भयो । काभ्रे जिल्ला डिसिएमसिको असार १७ को निर्णय (सुरक्षीत तरिकाले आफ्नै घरमा सेल्फ क्वारेन्टाईनमा बस्न चाहनेहरुलाई घरमै बस्न दिने) अनुसार सेल्फ क्वारेन्टाईनमा बसेको जानकारी प्राप्त भएको छ ।

    सेल्फ क्वारेनटाईनमा बस्नेहरुको स्वास्थ्य परिक्षण साथै पिसिआर परिक्षणको बारेमा पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. अमन दत्तसंग सम्पर्क गर्दा उहाँले भन्नुभयो—संथागत वा सेल्फ क्वारेन्टाईनमा बस्नेहरुको स्वास्थ्य परिक्षण वा पिसिआर गर्ने बिषयमा कुनै भिन्नता हुंदैन । उहाँले थप्नुभयो हामीलाई प्राप्त निर्देशन अनुसार क्वारेन्टाईनमा वा सेल्फ क्वारेन्टाईनमा बस्नेहरुमा कोरोनासंग मिल्दोजुल्दो कुनैपनि लक्षण देखा परेमा पिसिआर परिक्षण गरिने , तर कुनै पनि लक्षण देखा नपरेमा पिसिआर गर्नु नपर्ने निर्देशन भएकोले सोही अनुसार गर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार