२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

पाँचखालका पाँच जनाले जिते कोरोनालाई


२४२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ३०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । पिसिआर परिक्षणबाट पाँचखाल नगरमा कोरोना पुष्टि भएका ६ जना मध्य ५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । हिजो मात्रै कोरोना पुष्टि भएका १ जना उपचारमा रहेका छन् ।

    रोजगारीको क्रममा बिभिन्न मुलुकमा रहेका पाँचखालवासिहरु स्वदेस फर्कने क्रममा क्वारेन्टाईनमा राखि पिसिआर परिक्षण गर्दा हाल सम्म ६ जनालाई पोजेटिभ देखिएको थियो । सवभन्दा पहिला भारतबाट आएका पाँचखाल ३ का पुरुषमा जेट २४ मा कोरोना पुष्टि भएको थियो ।

    त्यसैगरीे नयाँ दिल्लीबाट स्वेदेश फर्किएका पाँचखाल नगरपालिका वडा नं ९ का ३७ वर्षीय पुरुष र पाँचखाल वडा नं ६ का साउदीबाट आएका ३३ वर्षीय पुरुषमा असार १८ गते कोरोना पुष्टि भएको थियो । साउदीबाट आएका पाँचखाल वडा नं १२ का ३१ बर्षिय पुरुष र वडा नं १ का दुबैबाट आएका २६ बर्षिय पुरुषमा असार २१ मा कोरोना रोग पुष्टि भएको थियो ।

    जेठ २४ गते कोरोना पुष्टि भएको पाँचखाल ३ का ३७ बर्षिय पुरुषले असार ५ गते केरोनालाई जितेर घर फर्किएका थिए । त्यसैगरी वडा नं १ का २६ बर्षिय पुरुषले असार २३ मा कोरोनालाई जितेर घर फर्किएका थिए । वडा नं ६ का ३३ बर्षिय पुरुष, वडा नं ९ का ३७ बर्षिय पुरुष र वडा नं १२ का ३१ बर्षिय पुरुषले हिजो असार २९ गते कोरोनालाई जितेर घर फर्किएको जानकारी पाँचखाल स्वास्थ्य शाखाका संयोजक उज्ज्वल अधिकारीले गराउनु भयो । संयोजक अधिकारीका अनुसार हाल सम्म पिसआर परिक्षण गर्दा पोजेटिभ आएका ६ जना मध्य हिजो असार २९ मा पोजेटिभ देखिएको पाँचखाल १० को १ जना पुरुष बाहेक अरु ५ जनाको नेगेटिभ रिपार्ट आएकोले घर फर्काई सकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार