२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

काभ्रेमा अति विपन्न १८ घरपरिवारलाई राहत वितरण


२४४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ३१, बुधबार मा प्रकाशित ४ साल अघि
  • ३१ असार, २०७७ पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ८ खरिबोटमा अति विपन्न १८ घरपरिवारलाई हिजो सोमबार खाद्यन्न राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    सि.आर.एस को सहयोग र पनौती नगरपालिकाको समन्वयमा शान्ती जन आर्दश सेवा केन्द्र मार्फत संचालन भएको कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत संचालित कार्यक्रम हो ।

    वडा अध्यक्ष केशव बञ्जाराले वडा कार्यालयबाट मापदण्ड पुरा गरी छनौट भई आएका कोराना भाइरसबाट प्रत्यक्ष प्रभाव परि खानालाई समस्या भएका दलित, अपाङ्ग, र एक महिलाहरुलाई विशेष प्राथमिकतामा राखेर राहत वितरण गरेको बताए ।

     

    कार्यक्रममा राहतमा आएका सहभागीहरुलाई साबुन पानीले हात धुन लगाई, मास्क लगाउन लगाई, भौतिक दुरी कायम गरी ज्वरो नापेर राहत वितरण गरेका थिए ।

    पनौती नगरपालिकाको १ देखि १२ वडामा २६५ घरपरिवारलाई राहत वितरण गर्ने लक्ष्य रहेको र आज पहिलो कार्यक्रम अन्र्तगत १८ परिवारलाई वितरण गरेको संस्थाका अध्यक्ष शख बुद्ध लामाले जानकारी दिए ।

    त्यसैगरी शान्ती जन आर्दश सेवा केन्द्रले पनौती नगरपालिकाको १२ वटै स्वास्थ्य संस्थामा ह्याण्ड वास स्टेशन एक एक वटा उपलब्ध गराएको छ । त्यसैगरी पनौती नगरपालिकाको कार्यालय, खोपासी क्वारेन्टाइन र इन्द्रेश्वरी क्वारेन्टाइनमा एक एक वटा ह्याण्ड वास स्टेशन संस्थाले राखिएको संस्थाका अध्यक्ष लामाले बताए ।

    लामाले इन्द्रेश्वरी क्वारेन्टाइनमा २० वटा बेड र क्वारेन्टाइनमा बस्नेहरुलाई खानाको व्यवस्था गरिएको बताइएको छ ।

    कार्यक्रममा पनौती नगरपालिकाका उपमेयर गीता बञ्जारा, वडा नं. ८ का वडा अध्यक्ष केशव बञ्जारा, शान्ती जनआर्दश सेवा केन्द्रका अध्यक्ष शख बुद्ध लामा, उपाध्यक्ष इश्वरी ओझो, सचिव राजेन्द्र अधिकारी र कर्मचारीहरु लगायतको उपस्थिती थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार