२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

असल पतिको आकांक्षा नै श्रावणको सोमबारे ब्रत, सत्यम् शिवम् सुन्दरम्को जीवनशैली बाँच्ने कला


४५४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ३१, बुधबार मा प्रकाशित ४ साल अघि
  • दिनेश राज खरेल

    हिन्दु धर्म अनुसार प्रत्येक दिन, बार, हप्ता, महिनाको छुट्टाछुट्टै महत्व रहेको पाइन्छ । अझ महत्वपूर्ण त तिथी, घडि, पला, योग, नक्षत्र आदिको रहन्छ । बारहरुमा सातै बारको धार्मिक र सांस्कृतिक पूर्वीय मान्यता रहे अनुसार बाह्र वटै महिनाको पनि उत्तिकै महत्व रहेको छ ।

    एक वर्ष भित्र १२ महिनामा पर्ने विभिन्न चाडपर्व, धर्म, परम्परा, रितीरिवाज, उपवास, कथा श्रवण, पुजा, जप, होम आदिले बाह्रै महिनालाई रंगीन र विशेष महिनाको रुपमा चित्रण गर्न मद्दत गरेको छ। यसै बाह्र महिना मध्येको श्रावण महिना एउटा विशेष महत्व बोकेको महिना हो । यो श्रावण महिनाको सोमबारलाई विशेष रुपमा लिने गरीन्छ । श्रावणको सोमबार हिन्दु महिला दिदीबहिनीहरुले व्रत उपवास गरी भगवान शिवको विशेष पुजा आरधना गर्ने प्रचलन रहि आएको छ ।

    परापूर्वकालमा माता पार्वतीले भगवान शिवलाई आफ्नो पति पाउँ भनी व्रत उपवास गरी एकाकार भई फुल, अक्षता, नैवेद्य, धुप, बत्ती लगाएत भगवानलाई मन पर्ने अन्य चिज बस्तुहरुले पुजा अर्चना गर्ने गरेको कथाहरुमा सुन्न र पढ्न पाइन्छ । त्यसै मान्यतालाई अनुसरण गर्दै असल पतिको आकांक्षा राखी श्रावणको सोमबारलाई महिलाहरुले महत्व दिने गरेको बुज्न सकिन्छ । वर्तमान समयमा हिन्नु महिला मात्र नभई विभिन्न धर्म सम्पदायका महिला दिदीबहीनीहरुले पनि महत्वको साथ लिने गरेका छन् । शिवको आरधना गर्नाले आफ्नो संस्कार परिस्कृत हुने सौभाग्य र सु–स्वास्थ्य हाँसिल गर्न सकिने र मानसिक शान्ति प्राप्त हुने धारणा रही आएको छ ।

    शास्त्रहरुमा उल्लेख भए अनुसार हिन्दु धर्मावलम्बीहरुले ब्रह्मा, विष्णु, महेश्वरलाई विशेष देवताको रुपमा ग्रहण गर्ने गर्दछन् । वैदिक सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने दिनको रुपमा लिइन्छ । भविष्योत्तर पुराणमा यसको वर्णन गरिएको छ । यसरी हेर्दा आषाढ शुक्ल पक्षमा पर्ने हरिशयनी एकादशी देखि कार्तिक महिनाको हरिवोधिनी एकादशी सम्म सृष्टिकर्ता श्रीहरि भगवान विष्णु क्षीर सागरमा विश्राम गर्न जाने भएकाले यो चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासको अवधिमा हरिसयनी, कामीका, पुत्रदा, अजा, हरिपरिवर्तनी, इन्दिरा, पापांकुशा, रमा र हरिबोधिनी एकादशी परेका हुन्छन् ।

    हरिसयनी भन्नाले सृष्टिकर्ता श्रीहरि भगवान विष्णु निदाउन वा आराम गर्न सुरु गर्ने दिन हो । यस दिन विष्णुकी अर्धाङ्गीनी भनी वर्णन गरिएकी तुलसीको विरुवा सार्ने गरिन्छ । यसै दिन देखि तुलसीको मठमा पुजा गरी साँझ दिप जलाउने गरिन्छ । तुलसीलाई एक स्वास्थ्यवर्दक वनस्पितीको रुपमा पनि लिने गरिन्छ । तुलसीको पत्ता, जरा, डाँठ सबैले कुनै न कुनै रुपमा शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गराउने कुरा प्रयोग र अनुभवहरुबाट सिद्ध भइसकेको छ ।

    साथै वैद्यहरुले पनि विभिन्न औषधीहरु बनाउन प्रयोग गरेका छन् यसले वातावरणलाई दुषित हुनबाट मद्दत गर्दछ । साँझको बेला भगवानलाई सम्झिएर दिप जलाउँदा पितृहरु खुसी हुने र आत्मशान्ति महशुस हुने गरेको पनि बताइन्छ । हरिपरिवर्तनी एकादशीमा चीर निन्द्रामा रहनुभएका भगवान विष्णु कोल्टे फेर्नुहुन्छ र हरिबोधिनी एकादशीमा जागराम हुनुहुन्छ भन्ने मान्यता छ । जागराम हुनभएका भगवानलाई उहाँकी अर्धाङ्गीनी तुलसीसँग मिलन गराउन भक्तजनहरुले तुलसी दामोदराय नमः भनी हरिबोधिनी एकादशीको दिन तुलसी विवाह गरिदिने चलन छ ।

    चतुर्मासाको समय भरी श्रीहरि भगवान विष्णु आफ्ना प्रिय भक्तहरुको माझमा उपस्थित नहुने भएकाले आफ्नो सम्पूर्ण कार्यभार भगवान महादेवलाई हस्तान्तरण गर्नुहुनेछ र विष्णुको अनुपस्थितीमा व्याकुल भक्तजनहरुको प्यास मेटाउन शिव महादेव श्रावण महिना पारेर भक्तहरुलाई दर्शन दिन आउनुहुन्छ । विशेष गरी शिवजीलाई मन पर्ने महिना श्रावण नै हो ।

    अस्थित्व व्यवस्थापन शास्त्री ज्योतिष तथा वास्तुविद् डि.पी. आत्रयका अनुसार यही मौका छोपी शिव भक्तहरुले श्रावण महिना भरी शिवजीको पुजा आरधना ध्यान, योग, उपासना गर्ने गर्दछन् । तिथी, मिती र पक्ष अनुसार चन्द्रमालाई मध्यनजर गर्दा यो साल आषाढ २२ गते सोमबार कृष्णपक्षबाट श्रावण महिनाको व्रत सुरु गरी श्रावण महिनाको १९ गते सोमबार पूर्णिमाको दिन अन्त्य हुने पञ्चाङ्ग पात्रोहरुमा उल्लेख गरिएको छ । पात्रो अनुसार श्रावणको २० गतेबाट भाद्र महिना सुरु भएको मानिन्छ ।

    डि.पी आत्रयको भनाइ अनुसार यही समयमा बोलबम गर्नेहरुको पनि उत्तिकै महत्व रहेको छ । दक्षिणबाट उत्तरतर्फ बहेको नदी, खोला, पोखरी वा जलाशयहरुबाट पवित्र जल शिवलिङ्गमा चडाउनाले शिवशक्ति प्राप्त हुने विश्वास गरिन्छ । श्रावण महिनामा शिवालयहरुमा मेला लाग्ने गरेको छ । साथै घरघरमा शिवपुजन, शिवपूराण वाचन, शिवस्तोत्र पाठ, एकादश रुद्री पाठ भजन कीर्तन गर्ने र देवादीदेव महादेवलाई खुशी पार्ने प्रयत्न गरिन्छ । यो चलन आजको होइन परापुर्वकालदेखि नै चल्दै आएको मानिन्छ । यसरी भारतको झारखण्ड राज्य अन्र्तगतको देवघर वैद्यनाथ धाममा गंगाजलधारा चडाउने भक्तजनहरुको भिड लाग्ने गर्दछ । यो शिवलिङ्गलाई बाह्रौँ ज्योर्तिलिङ्ग मध्येको एक आत्म ज्योर्तिलिङ्ग भन्ने गरिन्छ । श्रावणको सोमबारे व्रत महिलाहरुले मात्र गर्ने र गर्नुपर्छ भन्ने छैन । यो उपासना पुरुषहरुले पनि गर्ने गर्दछन् । बोलबम लगायतका लामो पद तिर्थ यात्रा विशेष पुरुषहरुले नै गर्ने गरेको पाइन्छ ।

    आधुनिक समाजमा रहेका प्रचलनलाई हेर्दा अलि फरक पन देखिन्छ । चैत बैशाख महिना देखि किसानहरु खेतीपाती गर्नुपर्ने चटारोमा हुन्छन् । मकैबाली रोप्ने, गोड्ने अनि जेठ असारमा धानको विउ राख्ने, रोप्ने कार्यमा व्यस्त हुन्छन् । श्रावण महिनामा केही हल्का महशुस हुन थाल्छ । उसै पनि जताततै हरियाली वातावरण रहेको हुन्छ । यो सिजनमा मानिसहरुका राता, सेता, पँहेला पहिरनले वातावरणलाई रौनक थपिदिन्छ । देवालयहरुमा गुन्जने शंख घण्टको गुञ्जयमान ध्वनी र धुपबत्तीको मगमग वास्नाले मानव मनहरु प्रफुलित हुने गर्दछन् । थरीथरिका रंगीविरंगी फुल फुलेर उत्साह र उमंग छरिदिएको हुन्छ । प्रकृतिले पनि साथ दिएको यो मौसममा भगवानको याद भक्ति गर्नु उपयुक्त पनि मान्न सकिन्छ ।

    अर्को एउटा मान्यता वा कथन चलिआएको छ । श्रावण एक गते पर्ने संक्रान्तीलाई साउने संक्रान्ती भन्निछ । यो संक्रान्तीले चाडवाड र पर्वहरुलाई निम्तो गर्ने गरेको पनि भन्ने गरिन्छ । यहि श्रावण महिनासँग चतुर्मास भित्र ठुला र महत्वपूर्ण मानिएका चाडवर्पहरु पर्ने गर्दछन् ।
    वर्तमान समयलाई विश्लेषण गरि हेर्दा भगवान विष्णुको अनुपस्थितीमा दर्शन दिन आउनुभएको भगवान शिवलाई आएको मौका छोपि भक्तिभावले स्वागत गरिएको होकी भन्न सकिन्छ । फेरी शिवभक्तहरुले आफ्नो भक्तिभावबाट शिवशक्ति प्राप्त गर्लान् नै तर विशेष महिलावर्गहरुले शक्ति प्राप्त गर्ने गरेको पाइन्छ । श्रावण सकिए लगतै कृष्णअष्ठमी लगायत हिन्दु महिलाहरुको विशेष चाड तीज आउने गर्दछ । कृष्णाष्ठमी र तीजमा महिलाहरु उपवास गर्ने गर्दछन् । तीजमा अलि लामो निरआहार २४ घण्टे व्रत वस्नुपर्ने चलन छ । त्यसका लागि अहिले देखि नै बानी पार्नका लागि यसको सुरुवात गरिएको अनुमान गर्न सकिन्छ ।

    यो बेला वर्षा र हिलो पनि केहि मात्रामा कम हुने गर्दछ । वरिपरीको वातावरण साथै शारीरिक सरसफाईमा पनि ध्यान दिइन्छ । प्राकृतिक रुपमा उमङ्गमय हुने हुनाले मन त त्यसै सफा नै हुने भयो । पुरुषहरुले पनि सेता, पँहेला र हरिया वस्त्र, आभुषण पहिरिएका हुन्छन् भने महिलाहरुले रातो पँहेलो र विशेष हरियो रंगका वस्त्र अलंकारले श्रृंगारिने गर्छन् । यसको महत्वलाई आत्मसाथ गर्नुको कारण भगवान शिवलाई मन पर्ने महिना श्रावण हो भनी माथि उल्लेख भईसकेको छ । श्रावण महिना प्राकृतिक रुपमा पनि हरियाली र रंगीचंगी हुने भएकाले भक्तजनहरुले शिवलाई मन पर्ने रंगका वस्त्र अलंकार धारण गर्नु सुनमा सुगन्ध थपे जस्तै मान्न सकिन्छ ।

    वज्ञानिक तथ्यलार्य केलाउने हो भने पनि हप्ताको एकदिन खालिपेत राख्नु वा उपवास गर्नुपनि स्वास्थ्यवर्दक मानिन्छ । उपावास वा व्रत बस्नाले पाचन प्रक्रियामा मद्दत मिल्ने गर्छ । खाली पेट बस्दा आलस्य र अल्छिपन हट्छ, निन्द्रा भाग्छ, शरिर हल्का हुन्छ र भगवान प्रति मन एकाकार हुन्छ ।

    शिव भगवानलाई कल्याणकारी संरक्षक र संभारकारी शक्ती मानिन्छ । करुणादायी शिवको करुणा उपासना विना उत्पन्न हुँदैन । त्यसैले इन्द्रियलाई बसमा राखी मन, बुद्धिलाई आत्मसाथ गरी शिव शक्तिको ध्यान, पुजा गनर्् पर्दछ । शिवमा प्रेम र प्रकृतिको तत्व पाइन्छ । यहि तत्वलाई आत्मसाथ गरी अगाडि बड्न सकेको खण्डमा बाह्य नकारात्मक उर्जाले आक्रमण गर्न सक्दैन । तसर्थ मन, बचन, कर्म सुन्दर बन्दै जान्छ । त्यसकारण शास्त्रहरुमा भनिएको छ । सत्यम् शिवम् सुन्दरम्को जीवनशैली बाँच्ने कला सिर्कौँ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार