२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

काभ्रेमा १०८ क्षय रोगी, स्वास्थ्य सव्यंसेबिकालाई पोषक भक्ताको व्यवस्था


२४९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    धुलिखेल । काभ्रे जिलमा १ सय ८ जना क्षय (टिवि) रोगीले नियमित रुपमा औषधि सेवन गर्दै गरेका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको आयोजनामा भएको पत्रकार भेटघाटको क्रममा जिल्ला सस्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले उक्त कुरा जानकारी गराउनु भएको थियो ।

    पत्रकार भेटघाटमा डा.झाले भन्नुभयो काभ्रेमा रहेको १३ वटै स्थानिय तहमा क्षयरोगका रोगीहरु रहेका छन् । क्षय रोग लागेकाहरुले रोग लुकाउने कारणले गर्दा जिल्लामा अझै धेरै संख्यामा रोगी हुन सक्ने भएकोले पहिचानको लागि अभियान चलाउने बताउनु भयो । क्षयरोगको नमुना संकलनको लागि ८ थान फ्रीजको व्यवस्था गरेको छ जसकोकारण संकलित रगत सुरक्षीत ढंगबाट राख्न सकिने उहाँले बताउनु भयो ।

    जिल्ला स्वास्थ्य कार्यालयमा दरबन्दि अनुसारको कर्मचारीहरु नहुंदा साथै लकडाउनले गर्दा भने जति काम गर्न नसकेको बताउनु भयो । लकडाउन खुकुलो हुंदा केही काम भएको छ तर पुर्ण काम हुन सकेको छैन । क्षय कुष्ट अधिकृत बिष्णु जैसिले भने हरेक प्रकारको रिक्स मोलेर भएपनि सवै काम पुर्ण गर्नुभएको डा. झाले बताउनु भयो । उहाँले थप्नुभयो महिला स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल उच्च राख्न साथै हौसला प्रदान गर्नको लागि जिल्लामा रहेको ९५६ स्वयंसेविकाहरुलाई पोषक भत्ता र यातायात खर्च गरी प्रति व्यक्ति १३ हजारको दरले उपलब्ध गराएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार