२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

काभ्रेमा पालीका अध्यक्षको पहलमा हेलिकोप्टरबाट विरामीको उद्दार


२८३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • ३ श्रावण २०७७
    महाभारत । काभ्रे जिल्लाको कर्णालीको रुपमा रहेको महाभारत गाउँपालिकाकी एक जना सुत्केरी महिलाको उद्धार गरिएको छ । गाउँमा सुत्केरी हुन नसकेपछि गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाको पहलमा महाभारत गाउँपालिका वडा नम्बर २ की १९ वर्षिया सुनिता थोकरलाई उद्धार गरिएको गाउँपालिका अध्यक्ष जिम्बाले जानकारी दिए । जिम्बाका अनुसार हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं थापाथली स्थित प्रसुती गृह अस्पतालमा पठाइएको छ ।

    जनताको स्वास्थ्य प्रति स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने भएकोले आफूले कर्तव्य पूरा गरेको उनले बताए । उद्धार अघि अध्यक्ष जिम्बाले जिल्ला प्रशासन कार्यालय काभ्रेमा हेलिकोप्टर मार्फत उद्धारको लागि अनुरोध गरेका थिए । त्यसपछि गृह मन्त्रालयमा जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टर उडानको लागि अनुमति मागेपछि मन्त्रालयले अनुमति दिएको थियो । यस अघि पनि अध्यक्ष जिम्बाको पहलमा गम्भिर विरामी भएको स्थानीयको हेलिकोप्टर मार्फ उद्धार गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार