२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

७४ को परिक्षण गर्दा ४६ मा कोरोना पुष्टि,उक्त स्थानमा कफ्र्यु


२३१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • ५ साउन, काठमाडौं । बाराको देवताल गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकाका ७४ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा ११ महिलासहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

    सोमबार बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान हुँदै आएका सबै सेवाहरु अर्काे सूचना नहुँदासम्म बन्द गर्न निर्देशन दिएका छन् ।

    छिमेकी नगरपालिका र गाउँपालिकाबाट देवताल प्रवेश गर्न र गाउँपालिकाभित्र हुने दैनिक आवतजावत् र सवारीसाधन सञ्चालनमा समेत पूर्णरुपमा निषेध गरिएको छ । हाटबजारसहितका अन्य सबै पसलहरु बन्द गर्न निर्देशन दिइएको छ ।

    देवताल गाउापालिकाभित्र अर्को सूचना जारी नहुन्जेल विवाह व्रतबन्धलगायत धार्मिक तथा साास्कृतिक कार्यहरु पनि नगर्न प्रशासनले निर्देशन दिएको छ ।एम्बुलेन्स, अत्यावश्यक खाद्यान्न, औषधि, ग्याँस, दूध, तेलका पसलहरु भने सञ्चालन हुने जिल्ला प्रशशासन कार्यालय बाराले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार