२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

कोरोेनाको कारण काभ्रेमा दुई वडाममा शिल


२४४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • ६ श्रावण २०७७
    काभ्रे । जिल्लाको महाभारत गाउँपालिकाको दुई वडा भित्र आवजजावत पूर्णरुपमा बन्द गरेको छ । वडा नम्बर १ गोकुलेका ५१ बर्षीय महिला कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले एक सूचना जारी गर्दै बन्द गरिएको हो ।

    सिल गरिएको वडामा वडा नम्बर १ र ८ रहेको छ । सूचनामा भनिएको छः ‘यस गाउँपालिका वडा नं. १ गोकुले निवासी एक व्यक्तिको पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको बुझिएको हुनाले यस गाउँपालिका वडा नं. १ र ८ को चकमके, थिङटोल, सेपा, डबली, आकुरा, मैनडाँडामा बसोबास गर्ने जनसमुदायहरुलाई संक्रमणको जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता राखी आवतजावत नगर्न र अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाउन जरुरी भएको हुँदा उक्त कार्य गर्न।गराउन हुन अर्को सूचना जारी नभएसम्मको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    संक्रमित ब्यक्तिको सम्पर्कमा आएकाहरुको स्वाव संकलनका लागि स्वास्थ्य कर्मीको टोली परिचालन भइसकेको गाउँपालिका अध्यक्ष जिम्बाले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार