२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

अबिरल बर्षको कारण राजमार्गमा क्षतिको संख्या सय नाघ्यो


२१५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं,साउन ७, २०७७

    अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको छैन ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार गत २५ असारदेखि मंगलबारसम्म विभिन्न सडकखण्डका १ सय ३ स्थानमा क्षति पुगेको छ भने ती स्थानमा यातायात अवरुद्ध भएको थियो । जसमध्ये ३४ स्थानमा अझै अवरोध हटेको छैन भने कतिपय ठाउँमा आंशिक रूपमा सडक सञ्चालन भएको छ ।
    सडक विभागले सडकखण्डमा रहेको अवरोध हटाउने प्रयास जारी राखे पनि भारी वर्षा तथा बाढीपहिराका कारण समस्या भइरहेको जनाएको छ । अवरुद्ध सडक खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सडक विभागका कर्मचारीलगायत खटिरहेका छन् ।
    अवरुद्ध कतिपय ठाउँमा डाइभर्सन गरेर यातायात आवतजावत गराइएको छ भने कतिपय ठाउँमा सडक मर्मतको काम भइरहेको छ । सडक विभागले कतिपय ठाउँमा मंगलबारसम्मै भारी वर्षा भएकाले सडक खुलाउन अप्ठ्यारो भएको जनाएको छ ।

    सडक विभागका अनुसार अरनिको हाइवेअन्तर्गत सिरिसेमा ३० असारदेखि सडक अवरुद्ध रहेको छ । यस्तै, अरनिको हाइवेअन्तर्गतको जम्बु र झ्यालेको अवरुद्ध सडक पनि खुल्न सकेको छैन । सडक विभागले अरनिको हाइवेअन्तर्गतकै डाकलांगका विभिन्न तीन ठाउँका सडक अवरोध पनि नखुलेको जनाएको छ ।आजको राजधानी दैनिकमा समाचार छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार