२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

वडा कार्यालयमा अज्ञात समुहबाट आगजनी


२२३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • ८ साउन, कैलाली । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । प्रज्ज्वलनशील पदार्थ छर्किएर बुधवार राति अज्ञात समूहले आगजनी गरेको नगरपालिकाले जनाएको छ ।

    झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको वडा सचिव महेश भट्टले बताए । आगजनीबाट कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको उनले जानकारी दिए ।घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए । क्षतिको विवरण संकलनका साथै प्रारम्भिक अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय कन्चनपुरले पनि आवश्यक छानबिन भइरहेको बताएको छ ।यसअघि ५ साउनमा कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार