२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

एकै दिनमा ६९ हजारमा कोरोना पुष्टि


२२३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं – अमेरिकामा एकै दिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६९ हजार ११६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४१ लाख ६९ हजार ११६ पुगेको छ।यस्तै एकै दिन १ हजार १५० जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३३३ पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म १९ लाख ७९ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २० लाख ४३ हजार ४१ जनामध्ये १९ हजार १५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार