२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पार्टीको एकतामा आँच आउने खालको कुनैपनि कार्यक्रममा सहभागि हुनु हुदैन


३१२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १०, शनिबार मा प्रकाशित ४ साल अघि
  • १०श्रावण २०७७
    काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष रुकु चौंलागाईं (रचना) ले पार्टी एकतामा आँच पुर्‍याउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन अनुरोध गरेकी छिन् । सामाजिक सञ्जाल मार्फत अध्यक्ष चौंलागाईंले यस्तो अनुरोध गरेकी हुन् ।

    चौंलागाईंले एकताबद्ध पार्टी आजको आवश्यकता भएको बताउँदै नेकपा काभ्रेका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकहरुलाई उर्दी जस्तै गरी जारी गरेका छन् ।

    शनिबार मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा सहभागी नहुन उक्त उर्दी जारी गरेको हुनसक्ने नेकपा कार्यकर्ताहरुले अड्कल काट्न थालेका छन् । सो कार्यक्रमको मूल नारा नै ‘जनताको बहुदलीय जनवाद– जिन्दावाद’ राखेकोले पार्टी एकता नचाहनेहरु यसरी अघि बढेको नेकपा कार्यकर्ताहरु बताउँछन् ।

    यस अघि अध्यक्ष र सचिवको समूह समर्थक नेकपा कार्यकर्ताहरुले पार्टी एकता कायम गर्न र व्यक्तिले होइन, विधिले पार्टी चलाउनुपर्ने बताउँदै पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउन जाँदा जनसंगठनका प्रमुखहरुलाई भने जानकारी नदिएको प्रतिक्रिया आएको थियो ।

    त्यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षधरहरुले पनि पार्टी विधि विपरित ज्ञापन पत्र बुझाएको भन्दै कार्वाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्न जिल्ला अध्यक्ष रुकु चौंलागाईं र सचिव टोकबहादुर वाईबा कार्यालयमा उपस्थित भएनन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार