२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

१२ देखि १६ गतेसम्म भारी वर्षा हुने


२३२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ४ साल अघि
  • ११ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले साउन १२ देखि १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने जनाएको छ ।

    मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने संभावना रहेकाले दुबै प्रदेशका अधिकांश स्थानमा बाढी पहिरोको जोखिम रहेको विभागले उल्लेख गरेको छ ।

    आगामी पाँच दिनसम्म बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिमका भने केही स्थानमा भने भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

    साउन १३ देखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का मध्ये पहाडी भूभागका नदीहरूमा जलसतह बढ्ने विभागले जनाएको छ । विभागका अनुसार भोटेकोशी र बागमतीमा पनि सामान्य बहाव बढ्नेछ ।

    चुरेबाट बग्ने साना र मझौला खोलानालाको वहाव बढ्ने संभावना रहेको भन्दै विभागले सर्वसाधारणलाई सावधान रहन र सरोकारवाला निकायलाई सतर्कता अपनाउन भनेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार