२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

जंगलि च्याउ खाँदा एकको मृत्यु ७ सिकिस्तै


२५९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • १२ साउन, जाजरकोट । जाजरकोटको कुसे गाउँपालिका –१ स्याँक्रीमा जंगली च्याउ खाँदा आइतबार राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ ।

    उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर बिरामी भएको कुशे गाउँपालिका –१ का वडाध्यक्ष गोपाल नेपालीले बताए । घरपरिवारका सबैले एकै समय च्याउ खाएका थिए । बिरामीको उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार