२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

प्रहरीलाई घुस दिन खोज्नेलाई कारबाही, घुस नलिने प्रहरी पुरस्कृत


२६९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • सिन्धुली । डियुटीमा रहेका प्रहरीलाई बिभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई घुस वापतको रकम सहित पक्राउ गरी कानुनी बमोजिम कारवाही गरिएको छ । घुस दिदा नलिई आफ्नो कर्तव्य पालना गर्दै आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरीलाई पुरस्कृत गरीएको छ ।

    कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गरी नेपाल सरकारबाट भएका विभिन्न निर्णयहरु कार्यान्वयनको लागि नियमित डियुटीमा खटिएका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभन देखाई सरकारको निर्देशन उलंघन गर्न खोज्नेहरुलाई घुस वापतको रकम सहित पक्राउ गरी कानुनि कार्वाहीको दायरामा ल्याईएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ९ जना र जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ जना गरी प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १० जनालाई नियन्त्रणमा लिई कारवाही गरीएको छ । बिशेष गरी सवारी चालकहरुले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने, सवारी पसाको दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने, सवारी दुर्घटना गराई कानुनी कार्वाहीबाट उम्कने र नदिजन्य सामाग्री अबैधरुपमा ओसारपसार गर्ने प्रयोजनका लागि डियुटीमा रहेका प्रहरी कर्मचारीहरुलाई ५ सय रुपैमया देखी ५ हजार रुपैंया सम्म रकम दिएर प्रलोभनमा पार्न खोजिए पछि उनीहरुलाई रकम सहित पक्राउ गरीएको जानकारी प्राप्त भएको छ ।

    बिभिन्न मिती र समयमा पक्राउ परेका व्यक्तिहरुलाई कसुर अनुसार सावर्जनिक हित, स्वास्थ्य,सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्धा चलाईएको,संक्रमण रोग ऐन २०२० अनुसार आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको र कतिपयलाई ट्राफिक नियम उंघन गरेको कसुरमा जरिवाना गराईएको छ । आर्थिक प्रलोभनको लागि प्रहरीलाई दिईएको रकम भने अबआईन्दा यस्तो कार्यमा संलग्न नहुने सर्तमा काजग गराई सम्बन्धीत व्यक्तिलाई भरपाई गराई बुझाइएको छ ।

    आर्थिक प्रलोभनमा नपरी आफुलाई दिईएको जिम्मेवारि इमान्दारीताका साथ निर्वाह गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोहोत्सान गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालयका साथै सम्बन्धीत जिल्ला प्रहरी कार्यालयले नगद पुरस्कार प्रदान गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यस अगाडीनै एक जना प्रनानि दर्जाको प्रहरी कर्मचारी सहित ४ जनालाई पुरस्कार प्रदान गरीसकेको छ । त्सैगरी आज श्रावण १२ गते बागमती प्रदेश प्रहरी कार्यालयले थप ३ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार (नियमानुसार पाउने) प्रदान गरेको छ । आज पुरस्कार पाउनेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी जवान दुईजना र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत १ जना प्रहरी जवान रहेका छन ।

    बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत कार्यालयहरुलाई सोही अनुरुपको कार्य सम्पादन गर्न निर्देशन भएसंगै प्रहरी कर्मचारीहरुबाट सम्पादन हुने कार्यमा पार्दर्शीता र इमान्दारीता देखिन थालेको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले कार्यभार सम्हाले पछि उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई तत्कालै अभिलेखमा जनिने गरी पुरस्कार प्रदान गर्न शुरुवात गरीएकाले त्यसको सकारात्मक प्रभावका कारण मातहत प्रहरी कर्मचारीहरु वीच इमान्दारीता पुर्वक कार्य सम्पादन गर्न प्रतिस्पर्धाको वातावरण सृजना भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार