२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

पुर्व मन्त्री थापा नेपाली काङ्रेसमा प्रवेस गर्ने


१९२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • १२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । उनी आफ्नो समूहसहित कांग्रेस प्रवेश गर्ने भएका हुन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ ।

    थापासहित ३० जनाले केही दिन पहिले मात्र राप्रपाको जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए । स्रोतका अनुसार कांग्रेसमा थापालाई पदाधिकारी बनाइनेछ भने केहीलाई केन्द्रीय सदस्य बनाउने सहमति भएको छ ।

    थापाले राप्रपामा महामन्त्री भएकाले त्यही पद पाउनुपर्ने माग राखेका थिए । तर, सहमहामन्त्री बनाउने सम्भावना रहेको कांग्रेस स्रोतले बतायो । यस्तै थापाले आफूसँगै कांग्रेस प्रवेश गर्ने १३ जनालाई पार्टी केन्द्रीय सदस्य बनाउनुपर्ने माग गरेका थिए । तर, तीनदेखि पाँचजनालाई केन्द्रीय सदस्य बनाएर अरुलाई अन्य जिम्मेवारी दिइने देउवा निकट एक नेताले  बताए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार