२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

आर्थिक प्रलोभनमा पर्ने चार प्रहरी कार्वाहीमा


४७९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १४, बुधबार मा प्रकाशित ४ साल अघि
  • मकवानपुर । राम्रा काम गर्नेलाई सम्मान साथै नराम्रा कार्य गर्नेलाई कारवाही गर्ने प्रहरीको नीति अनुसार आर्थिक प्रलोभनमा पर्ने चार प्रहरीलाई बागमती प्रदेश प्रहरी कार्यालयले कारवाही गरेको गरेको छ ।

    आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारि इमान्दारीताका साथ निर्वाह नगर्ने प्रहरी कर्मचारीहरुलाई प्रदेश प्रहरीबाट खटिएको बिषेश टोलीले नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडी बढाएको छ ।

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न गठन गरीएको टोलीले सेवाग्राहीसंग रकम लिने चार जना प्रहरीलाई नियन्त्रण लिई आवश्यक कार्वाही भैरहेको छ ।

    प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी कर्मचारीहरुलाई सवारी चालकसंग विभिन्न वहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएको छ ।
    कार्वाहीको लागि झिकाईएका चार जना प्रहरी कर्मचारी मध्ये २ जना ट्राफिक प्रहरी कार्यालय मकवानपुरको रातोमाटे र ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनमा कार्यरत छन्, भने २ जना ईलाका प्रहरी कार्यालय रामनगर चितवन र इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत रहेका छन् । कारवाहीको लागि झिकाईएका एक जना प्रहरी हवल्दार सहित ३ जना प्रहरी जवानलाई प्रहरी आचरण विपरितको कार्य गरेको पाईएकोले प्रहरी नियमावली अनुसार कानुनी कार्वाही गरीने छ ।

    आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार