२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

जंगलि च्याउ खाँदा पाँचको मृत्यु


१९६२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • १६ साउन, सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका-१ स्याक्रीमा  विषालु च्याउको तरकारी खाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

    च्याउ खाएर गम्भीर बिरामी भएका ३२ वर्षीय ललित चलाउनेको बिहीबार राति कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएपछि संख्या पाँच पुगेको हो ।

    ललितको प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भैहरेको थियो । उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले जानकारी दिए ।

    बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र दुईजनाको अवस्था सामान्य रहेको डा. पौडेलले बताए । ढिलोगरी अस्पताल ल्याएकोले च्याउको विषले धेरै असर गरिसकेको हुँदा बचाउन नसकिएको उनको भनाइ छ ।

    यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए । बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममाप्रदेश अस्पतालमै मृत्यु भएको थियो । ३ वर्षीया छोरी अञ्जनाको भने सोमबार गाउँमै मृत्यु भएको थियो । घरमुली टेकबहादुर चलाउने, उनकी बुहारी ३० वर्षीया कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार