२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुग्यो


२३७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १९, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

    नियमित मिडिया ब्रिफिङमा सोमबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको बताए । यो कूल संख्याको २७.६ प्रतिशत हो ।

    यस्तै, हालसम्म १४ हजार ९ सय ६१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । ७२.१ प्रतिशत संक्रमित निको भएको प्रवक्ता गौतमले बताए । हालसम्म ५७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार