२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

एकै परिवारका १४ जनामा कोरोना पुष्टि


२४७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १९, सोमबार मा प्रकाशित ४ साल अघि
  • १९ साउन, विराटनगर । मोरङको रंगेली नगरपालिकामा सोमबार एकैदिन २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये १४ जना स्थानीयबासी हुन् भने पाँच जना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी र तीन जना जिल्ला अस्पताल रंगेलीका कर्मचारी छन् । अस्पतालका  दुई जना प्राविधिक र एक सहयोगी संक्रमित भएका हुन् ।।

    बुधबार सोनवर्षी नगरपालिका-८ सक्टीका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनको कट्याक ट्रेसिङका क्रममा बजारका स्थानीयसहित जम्मा १५६ जनाको स्वाब संकलन गरिएको थियो । त्यसक्रममा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमितमध्ये १४ जना एकै परिवारको रहेकेा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले बताए । मृतक पुरुष रंगेलीको क्लिनिक, जिल्ला अस्पताल रंगेली हुँदै गत मंगलबार कोशी अस्पताल आइपुगेका थिए । कोशीमा रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई धरान रेफर गरिएको थियो । धरान रेफर गरेको केही घण्टामा ति पुरुषको मृत्यु भएको थियो ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार