२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

विष्फोटनमा परि १ सय ३५ को मृत्यु


२६८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • २२ साउन, काठमाडौं । लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् ।

    मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् ।

    लेबनान सरकारले यो विष्फोटको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । अनुसन्धानका लागि बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको छ ।

    विष्फोट यति भयानक थियो कि त्यसको आवाज करिब २४० किलोमिटर टाढा रहेको साइप्रससम्म सुनिएको थियो । विष्फोटका कारण भवनहरु भत्किएर खण्डहरमा परिणत भएका छन् । टाढा–टाढासम्मका भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

    यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेरुत विस्फोटलाई आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटमध्येको एक भनेका छन् । दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमामा खसालेको अणु बमको शक्तिको १० भागको एक भागजति शक्तिशाली विष्फोट बेरुतमा भएको उनीहरुले बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार