२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

काभ्रेमा थप एकमा कोरोना पुष्टि,बनेपामा कोरोना फैलने संकेत 


२७०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । काभ्रे जिल्लाको बनेपामा आज एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

    बारा जिल्ला बिश्रामपुर घर भई बनेपा नगरपालिका स्थित जनगालमा मोटर ग्यारेजमा कार्य गर्ने २० बर्षिय युवामा पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि निज युवालाई धुलिखेल अस्पतालमा रहेको आईसोलेसनमा राखी उपचार सुरु भएको छ ।

    लकडाउन खुकुलो भएसंगै बारा पर्सा साथै भारतबाट समेत लुकिछिपि रोजगारीको लागि बनेपामा आउने गरेको पाईएको छ । सरकारले लकडाउन खुकुलो गर्दा प्रतिबन्ध लगाएको मध्य हेयर कटिङ्ग (शैलुन) निर्विवादित ढंगबाट संञ्चालन हुदै आएको छ । सो बिषयमा सम्बन्धित निकायको ध्यान नपुग्नुले काभ्रेको बनेपामा कोनोनाको संक्रमण फैलने संभावना बढेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार