२२ साउन, काभ्रे । लकडाउन खुकुलो भएसंगै कोरोना भाईरस फैलन नदिनको लागि सुरक्षा अपनाउनु पर्ने बिषयमा सरकारले दिएको निर्देशन पालन नगरी असुरक्षीत ढंगबाट हिड्नेहरुलाई चेतावनि स्वरुप सामान्य जरिवाना एक सय लिएर सम्झाई बझाई पठाउने गरेको छ ।
सोही क्रममा आज काभ्रेको प्रमुख व्यापारीक केन्द्र बनेपा धुलिखेलमा माक्स नलगाई हिड्ने ३ सय ९८ जना (पुरुष २३० महिला १६२) लाई प्रहरीले जरिवाना स्वरुप रु एक सय लिई सम्झाई बुझाई पठाएको छ ।
लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण बड्दै गएकोले संक्रमण फैलन नदिनको लागि पाँचखाल नगरमा पनि भोलिबाट माक्स नगाई अशुरक्षीत ढंगबाट हिड्नेलाई रु एक सय जरिवाना गर्ने भएको छ ।
पाँचखाल नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत लोक बहादुर भण्डारीका अनुसार नगरवासिहरुलाई कोरोनाबाट जोगिने उपाए सुरक्षीत तरिका अपनाउने बिषयमा माईकिङ्ग गरी जानकारी गराउने र सो जानकारीलाई अटेर गरी विना माक्स हिड्डुल गर्नेलाई एक सय जरिवाना गरी एक थान माक्स उपलब्ध गराएर लगाएर पठाउने निर्णय भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस