२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

पाँचखालको उत्पादनलाई कोशेलि घरमा सजाईने


२२९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • साउन २३, काभ्रे । पाँचखाल नगरकी उप—मेयर लक्ष्मी दनुवारले नगरवासिहरुले उत्पादन गरेको सामग्रीको बजार व्यवस्था नगरले गरीदिने बताउनु भयो ।

    महिला साहारा सामाजिक संस्थाको आयोजनामा सात दिने मुडा बुनाई तालिमको उद्घाटन गर्दै उप—मेयर दनुवारले उक्त धारणा राख्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि उप—मेयर दनुवारले भन्नुभयो “तालिममा सिकेको कुराहरुलाई व्यवहारमा उतार्नु पर्छ, व्यहारमा उतार्ने क्रममा केही समस्या भए आवश्यक सहयोग नगरको तर्फबाट हुन्छ ।” नगरमा उत्पादन भएको बिभिन्न सामाग्रीहरुलाई नगरले कोशेलिघरको स्थापना गरी सो स्थानबाट बिक्रि वितरण गर्ने तयारी गरेको बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारीले पाँचखालमा रहेका वेरोजगार युवाहरुलाई रोजगारी दिने बिषयमा नगरले पहल गर्दै गरेको बताउनु भयो । उहाँले भन्नुभयो कृषि नगरमा उत्पादन भएको घरेलु उत्पादनहरु देशकै नमुना ढंगको उत्पादनको लागि पहल भएको वताउनु भयो । हामी जनप्रतीनिधिहरुको प्रमुख उद्देस्य नै नगरवासिहरुलाई रोजगारी दिने हो सोही ढंगले अगाडी बढेको बताउनु भयो ।

    कार्यक्रमका सभानेतृ महिला साहारा सामाजिक संस्थाकी अध्यक्ष झलकुमारी दुलालले सातदिने तालिमको प्रमुख उद्देश्य बेरोजगारलाई रोजगारी प्रदान गर्नाको साथै दक्ष प्रशिक्षक उत्पादन गर्ने रहेको बताउनु भयो । उहाँले भन्नुभयो काठमाडौको धापाखेलमा रहेको टेवा नामक संस्थाले उपलब्ध गराएको दुई लाख बजेटबाट पाँचखाल नगरको वडा नं ३,४,५,६ र १२ का २ सय जना जेष्ठ नागरिकहरुलाई मनोबिमर्श ५ दिने तालिम, ३२ जनालाई महिला हिंसा चेतनामुलक ५ दिने तालिम र ३० जनाको सहभागितामा ७ दिने मुडा बनाउने तालिम सञ्चालन गरेको बताउनुभयो । कार्यक्रमको संञ्चालन संस्थाकी कोषाध्यक्ष निर्मला दाहलले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार