२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

शेयर सदस्यहरुको हितमा लागिरहनु संस्थाको दायित्व हो-अधिकारी


३२१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/पाँचखाल र आसपासको स्थानको साथै काभे्र जिल्ला भरी आफ्नो कार्यक्षेत्र निर्धारन गरी निरन्तर रुपमा अगाडी बढेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको दुःखमा साथ दिदै आएको छ ।

    पाँचखाल नगरपालिका वडा नं ६ मा रहेका शेयर सदस्य पे्रमलाल नापितका पिता कैलास नापितको मृत्यु भएको दुःखद घडिमा संथाका प्रवन्धक ठाकुरनाथ अधिकारी, ऋण अधिकृत रघुनाथ पराजुलि समेत घरैमा पुगेर सदस्यता परिवार मृत्यु राहत वितरण गरिएको छ ।

    राहत वितरण गर्दै संस्थाका प्रबन्धक ठाकुरनाथ अधिकारीले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारहरुमा समवेदना प्रकट गर्नुभएको थियो । उहाँले थप्नुभयो कोरोनाको महाँमारिमा सुरक्षीत रहनु पर्ने भएकोले सुरक्षीत तरिकाहरु अपनाउन सुझाव दिदै शेयर सदस्यहरुको समस्यामा सधै साथ र सहयोग गर्ने संस्थाको दायित्व भएकोले सोही तरिकाबाट अगाडी बढ्ने बताउदै राहत रकम हस्तान्तरण गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार