३० श्रावण २०७७
काभ्रे। काभ्रे जिल्लामा आज (शुक्रबार) थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार रामेछाप घर भई बनेपा बस्ने बर्ष ५७ पुरुष १, बनेपा ९ का बर्ष ५४ का पुरुष १, ७ का बर्ष ७ का बालक १, र बर्ष ३४ की महिला १, नमोबुद्ध नगरपालिकाका बर्ष २७ का १ र बर्ष ३२ का २ जना र काभ्रे बेथानचोक घर भई पाँचखालमा कार्यरत तर बनेपा बस्ने पुरुष कर्मचारी एक समेत गरी ८ जनामा कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस