३२ श्रावण २०७७
धुलिखेल । काभ्रे जिल्लामा कोरोना संक्रमित ५ जना थपिएको छ । धुलिखेल नगरपालिकामा रहेको धुलिखेल सामुदायिक अस्पतालका ४ कर्मचारी र बनेपाका १ जना गरी ५ जना रहेको स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
झाका अनुसार धुलिखेल अस्पतालमा कार्यरत कर्मचारीहरु वर्ष २० की १, २६ की २ जना गरी ३ जना महिला र वर्ष ३० का एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरि बनेपा नगरपालिका वडा नं. १३ साँगा बस्ने वर्ष ३५ का पुरुषमा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।आज भएका संक्रमित समेत गरी काभ्रेमा ४५ जनालाई कोरोनाको उपचार गरिदै छ ।
प्रतिक्रिया दिनुहोस