२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

काभ्रेमा भोलिदेखि सार्वजनिक यातायात संञ्चालनमा रोक


२३८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । कोरोना भाईरस (कोभिड १९) को संक्रमण देशव्यापी रुपमा बढ्दै गएको र काभ्रेमा पनि संक्रमण फैलदैगएकोले न्युनिकरणको लागि भोली भाद्र ५ गतेदेखि भाद्र १० गते सम्म कुनै पनि प्रकारको सार्वजनिक सवारी साधन संञ्चालनमा रोक लगाउने निर्णय भएको छ ।

    जिल्लामा आज बसेको डिसिसिएमसिको बैठकबाट उक्त निर्णय भएको होे । बैठकमा जिल्लाको प्रमुख व्यापारिक केन्द्रहरुमा मानिसको भिडभाड, जमघट हुन नदिनको लागि अति आवश्यकिय सामाग्रीको खरिद विक्रिको लागि बिहान ७ बजेदेखि ९ बजे सम्म र साँझ ४ बजे देखि ६ बजे सम्मको लागि समय निर्धारण गरिएको छ ।

    बिषेश गरेर काभ्रेको प्रमुख व्यापारीक केन्द्रका रुपमा मानिने बनेपा, पनौती, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकामा उक्त समय निर्धारण गरीएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी गराउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार